भएभरका सचिवलाई ओलीले डाके, कडा निर्देशन दिने

मंगलबार, साउन १५, २०८१

एकैपटक २१ सचिवको सरुवा गरेको सरकारले आज सबै सचिवलाई छलफलका लागि बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरुलाई छलफलका लागि आज २ बजे प्रधानमन्त्री कार्यालय बोलाएका हुन् । गत आइतबार पनि ओलीले लामो समयसम्म सचिवहरुसँग छलफल गरेका थिए ।

छलफलमा सचिवहरूले आ – आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजना, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए ।

सोही बमोजिम ओलीले नयाँ जिम्मेवारी पाएका सचिवहरुलाई सेवा प्रवाह र विकासका कामलाई अघि बढाउने विषयलाई व्यवहारमा लागू गर्ने बारेमा छलफल गर्न लागेका हुन् ।

सचिवहरुसँगको बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिवपनि सहभागी हुने छन् । चालू आर्थिक वर्षको काम चुस्त र द्रुत गतिमा अघि बढाउने सरकारको योजना छ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्