नेप्सेले ल्याएन पारा, सर्लक्कै घट्यो 

सोमबार, वैशाख १०, २०८१

साताको दोस्रो कारोबार दिन बजार परिसूचक नेप्से ओरालो लागेको छ। आइतबार १२ अंकले बढेको नेप्से सोमबार १५.४१ अंकले घटेर १९६९.०२ विन्दुमा थामिएको छ। 

५६ लाख ५६ हजार २ सय ८२ कित्ता सेयर बिक्रीमा २ अर्ब ५ करोड ८३ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यसअनुसार ४९ कम्पनीको सेयर मूल्य बढे पनि १८६ कम्पनीको घटेको छ। १० वटाको मूल्यमा कुनै परिवर्तन आएको छैन। 

आज बढ्ने कम्पनीको अधिकतम ६.९१ प्रतिशत र घट्ने कम्पनीको अधिकतम ७.३७ प्रतिशतको उतारचढाव देखिएको छ।

सर्वाधिक कारोबारमा आज गुर्खाज फाइनान्स अगाडि छ। कम्पनीको साढे ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ। सोमबार सामूहिक लगानी कोषबाहेक सबै समूहको सूचक राताम्य रहेका छन्। 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्