सेयर बजारले फड्को मार्यो, कति भयो कारोबार ?

बुधबार, साउन १६, २०८१

सेयर बजारमा ऐतिहासिक कारोबार भएको छ। सेयर बजारमा बुधबार एकैदिन २१ अर्ब ९१ करोड रूपैयाँको सेयर किनबेच भएको हो।

यसअघि नेप्से हालसम्मकै उच्च ३१ सय विन्दु आसपास पुग्दा पहिलो पटक०७८ सालमा एकै दिन २१ अर्ब ६४ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।

यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो ।

नेप्से परिसूचक ६४।२५ अंकले बढेर २७६०।९० विन्दुमा बन्द भएको छ । १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्