तीनवटा प्रदेशका प्रदेश प्रमुखहरुलाई राष्ट्रपतिले गरे नियुक्त

बुधबार, साउन १६, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा प्रदेशका प्रदेश प्रमुखहरुलाई नियुक्त गरेका छन्। 

१४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार बुधबार राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन्। 

नियुक्त हुनेहरुमा कैलालीका दीपकप्रसाद देवकोटा बागमती प्रदेश, लुम्बिनी प्रदेश प्रमुखमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशी रहेका छन्।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  २१:२३
प्रतिक्रिया दिनुहोस्