इलामको मतगणना अन्तिम अन्तिम तिर पुग्दा कसको पोल्टामा कति मत पर्यो ?

सोमबार, वैशाख १७, २०८१

इलाम क्षेत्र नम्बर २ को मतगणना लगभग अन्तिम चरणमा छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, अहिले तीन वटा स्थानबाट धमाधम मतगणना चलिरहेको छ। 

इलाम नगरपालिकाको मतगणना जारी छ। ५२ हजार २ सय ७३ मतगणना हुँदा नेकपा एमालेका सुहाङ नेम्बाङले आफ्नो मतान्तर फराकिलो बनाएका छन्। कूल १ लाख १५ हजार ८ सय ८९ मतादाता रहेको यो क्षेत्रमा ६९ हजार २ सय ८७ जना मतदाता निर्वाचनमा सहभागी भएका थिए। 


तीमध्ये अहिलेसम्म २१ हजार ३ सय ८० मतदाताले सुहाङलाई मतदान गरेको पाइएको छ। नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का १४ हजार ७ सय ५२ मत प्राप्त गरेका छन्। 

उनीहरूको मतान्तर ६ हजार ५ सय २८ मतको रहेको छ। त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १० हजार १ सय ४६ र रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ हजार ६ सय ९ मत पाएका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २२:३५
प्रतिक्रिया दिनुहोस्