पार्टी कार्यालय डुबान परेपछि एमाले बैठक बसेरा होटलमा बस्ने

बिहीबार, साउन १७, २०८१

आज नेकपा (एमाले) को सचिवालय बैठक बस्दै छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अहिले बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको छ ।

आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ। बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने उनले जानकारी दिए । यसअघि गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गर्दै फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।

आजको सचिवालयको बैठक हनुमानथानमा रहेको होटल बसेरामा बस्नेछ । च्यासलमा रहेको पार्टी कार्यालको भूइँ तलामा बाढी पसेपछि बैठक पार्टी कार्यालय बाहिर हुन लागेको हो ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्