सोसल मिडिया
युनिकोड
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा दलहरुबीच सहमति जुटेको छ। संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको आज गृहमन्त्रालयमा बसेको बैठकले सहमति जुटाएको हो।
कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा रहेका छन् ।
कार्यदलमा अहिलेसम्म भएका छलफलको मस्यौदा तयार पारेर त्यसमाथि छलफल केन्द्रित गर्ने गरि गत सोमबारको बैठक सकिएको थियो ।
कार्यदलले पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाएको बैठक पछि कार्यदल सदस्य रहेका गृहमन्त्री रमेश लेखकले जानकारी दिए।
कार्यदलले सहमति गरेपछि सो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने बताइएको छ।