जासुसी अड्डाको आडैमा एमाले सचिवालय बैठक, के-के गर्दैछ निर्णय ?

बिहीबार, साउन १७, २०८१

बाढीले एमालेलाई धपाएको छ। र, पार्टी कार्यालयमा बैठक गर्न सक्ने अबस्था नभएपछि एमाले एउटा होटलमा पार्टीको बैठक चलाएको छ। 

हनुमानथानस्थित होटल बसेरमा बिहान ११ बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पुगेपछि केहीबेरबाट बैठक सुरु भएको उनको सचिवालयले जानकारी दिएको छ। 

बिहीबारको बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय हुने बताइएको छ। ओलीले पार्टीका बैठकहरू सरकारी निवासमा नराख्ने सुझाव आएपछि होटल बसेरामा बैठक बोलाइएको बताएका छन्। जासुसी अड्डाको आडमा बसेको बैठकले महत्वपूर्ण निर्णय गर्दैछ। राष्ट्रिय अनुसन्धान विभाग नजिकैको बसेरालाई एमालेले बैठक गर्न उपयुक्त स्थान ठहर्याएको हो।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्