सुवास नेम्वाङको पद ओलीले बराललाई दिए, माधव त्यागेका मुकुन्दले ठाउँ पाए

बिहीबार, साउन १७, २०८१

नेकपा (एमाले)को उपाध्यक्ष पदमा गुरु बराललाई मनोनयन गरिएको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकबाट उनलाई उपाध्यक्षमा मनोनयन गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपश्चात् उक्त पद रिक्त थियो ।

यस्तै, एमाले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई मनोनयन गरिएको छ । मुकुन्द माधव नेपाल छोडेर फर्किएका नेता हुन् ।

सचिवालय बैठकबाट १७ जनालाई केन्द्रीय सदस्यमा समेत मनोनयन गरिएको महासचिव पोखरेलले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्