सोसल मिडिया
युनिकोड
बसेरा होटेलमा बसेको एमाले सचिवालय बैठकले ईन्चार्ज पनि फेरेको छ। दुई प्रदेशका ईन्चार्ज फेरिएका छैन।
कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन् ।
यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । बराल बढुवा भएर उपाध्यक्ष मनोनित भएकाले इन्चार्जको जिम्मेवारीबाट हटे ।
सचिवहरु गोकर्ण, योगेश, रघुबीर र छबिलाल विश्वकर्मा जिम्मेवारी बिहिन भएका छन् । तीनै जना मन्त्री बन्ने चर्चाका बिच थन्किएका थिए। संसदीय विभाग प्रमुखको जिम्मेवारी चाहिँ योगेशले पाएका छन् ।
बैठकले नेकपा (एमाले)को उपाध्यक्ष पदमा गुरु बराललाई मनोनयन गरिएको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकबाट उनलाई उपाध्यक्षमा मनोनयन गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपश्चात् उक्त पद रिक्त थियो ।
यस्तै, एमाले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई मनोनयन गरिएको छ । मुकुन्द माधव नेपाल छोडेर फर्किएका नेता हुन् ।