यी हुन् एमालेका नयाँ १७ केन्द्रीय सदस्य

बिहीबार, साउन १७, २०८१

नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले मुख्य सचेतकसमेत रहेका सांसद महेश बर्तौलासहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनका अनुसार बर्तौलासहित सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, ईन्द्र भण्डारी, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे, आशा जवेगुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय भएको छ।

केन्द्रीय सदस्यमा मनोनीत हुने देव र चालिसे नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेका नेता हुन् । चालिसे बाग्लुङबाट गत सालको प्रतिनिधि सभा निर्वाचन अघि एमालेमा प्रवेश गरेकी थिईन् भने देव गत महिना एमाले प्रवेश गरेका हुन् । त्यस्तै कर्मचार्य नेकपा एकीकृत समाजवादीबाट पुर्न एमालेमा फर्किएका नेता हुन् । उप्रेती निवर्तमान रक्षामन्त्री हुन् ।

को कुन जिल्लाबाट भए केन्द्रीय सदस्य ?

१. सुवास कर्माचार्य – सिन्धुपाल्चोक
२. कुन्दन कुशवाह – राैतहट
३. जितेन्द्र देव – सुनसरी
४. रामपृत राम – सिरहा
५. कृष्णभक्त पोखरेल – चितवन
६. कमलकृष्ण तिमिल्सिना – अछाम
७. गोविन्द पुन – सल्यान
८. केदार सिग्देल – तनहुँ
९. मनमोहन पौडेल – पर्वत
१०. भरदेव जोशी – दार्चुला
११. हरि उप्रेती – सर्लाही
१२. इन्द्र भण्डारी – झापा
१३. महेश बर्तौला – मकवानपुर
१४. सरिता भुसाल – किसान महासंघ
१५. प्रभा बराल – कास्की
१६. मञ्जु शर्मा चालिसे – बागलुङ
१७. आशा जवेगु – पाँचथर

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्