सोसल मिडिया
युनिकोड
नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान आयोजना गर्दा पक्राउ परेका आफूलाई धार्मिक अभियान्ता भनेर चिनाउने पुष्कर खतिवडामाथि अनुसन्धान गर्न प्रहरीले थप ३ दिन म्याद लिएको छ।
साउन १४ गते सोमबार उनी आफ्नै निवासबाट पक्राउ परेका थिए। उनले नेताहरूको मृत्युको कामना गर्दै आयोजना गरेको अनुष्ठान फेसबुकमा पनि लाइभ गरेका थिए।
जिल्ला प्रहरी प्ररीसर काठमाडौँका अनुसार उनले गरेको अनुष्ठान आपत्तिजनक रहेको भन्दै खतिवडालाई पक्राउ गरिएको हो। खतिवडा हाल प्रहरी वृत महाराजगञ्जमा छन्। उनललाई पक्राउ गरिएको पनि प्रहरी वृत महाराजगञ्ज मार्फत हो।
खतिवडामाथि विद्युतिय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम मुद्दा चलिसकेको जिल्ला प्रहरी परीसर काठमाडौँका सुचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
खतिवडामाथि यसअघि पनि ३ दिनको म्याद थपेर अनुसन्धान भइरहेको थियो। खतिवडाले आफूलाई धर्मगुरु र ज्योतिष भनेर चिनाउँदै आएका छन। उनको घर झापा हो।