सोसल मिडिया
युनिकोड
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। नतिजा प्रकाशनको लागि अहिले बोर्ड बैठक बसिररहेको छ। प्राविधिक त्रुटी वा केही भैपरी नआए आजै नतिजा प्रकाशन हुने सम्भावना रहेको स्रोतले जनाएको छ।
गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालकाे कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए।
नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन्।
त्यसैगरी ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका थिए।
एसईईको जस्तै कक्षा १२ को नतिजा पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार प्रकाशित हुने बोर्डले जनाएको छ। जसअनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थीलाई अनुत्तीर्ण मानिने छ।