कक्षा १२ को नतिजा सार्वजनिक हुँदा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण, कसरी हेर्ने नतिजा ?

शुक्रबार, साउन १८, २०८१

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ करिब ४ लाख परीक्षार्थी सहभागी थिए।

गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका-२०७८ अनुसार नतिजा प्रकाशन भएकाे हाे। जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने हुन्छ।

कक्षा १२ मा २०७८ देखि नै उक्त निर्देशिकाअनुसार नतिजा सार्वजनिक हुँदै आएको छ।class-12-result-1722579219.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्