समानुपातिक प्रणाली कोल्याप्स पार्न कांग्रेस-एमाले लागेको उपेन्द्रको आरोप

आइतबार, साउन २०, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमाले मिलेर समानूपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षडयन्त्र गरेको आरोप लगाएका छन्।

काठमाडौँमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले समावेशीतालाई अन्त्य गर्नका लागि कांग्रेस–एमाले मिलेर सरकार बनाएको बताएका हुन्। उनले नेपालको अहिलेसम्मका आन्दोलनको ठूलो उपलव्धी समावेशीता भएको र राज्यकै तर्फबाट नै अहिले समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको जिकिर गरे।

यादवले संघीयता, समावेशीका कारण नभई दलहरुकै कारण मुलुकमा राजनीतिक अस्थीरता उत्पन्न भएको धारणा राखे।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्