बालविकास सहजकर्ताको मासिक तलब २० हजार, यसरी भयो सुधार 

आइतबार, साउन २०, २०८१

बालविकास सहजकर्ताहरूलाई काम अनुसार दाम नदिएर विभेद गरिरहेकै बेला काठमाडौँ महानगरपालिकाले प्रारम्भिक बालविकास शिक्षामा सुधार गर्दै सहजकर्ताहरूको तलब समेत बढाएको छ। 

विद्यालयमा खाजा बनाउन कुकको व्यवस्था गर्दै महानगरले बालबालिकालाई बस्ने, खाने, खेल्ने ठाउँ पनि भित्रै बनाउने भएको छ। 

महानगरका शिक्षा विभाग अधिकारी इन्द्रप्रसाद दाहालका अनुसार बालविकास केन्द्र सुधारका लागि बजेट पठाइएकाे बताए। काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरेर सहजकर्तालाई तालिम दिएको उनले बताए।

महानगरभित्रका बालविकास सहजकर्ताहरूले अब मासिक २० हजार रुपैयाँ तलब पाउँछन्। तलबका लागि रकम नै पठाईएको दाहालले बताए। काठमाडौँ महानगरले तलब बढाएपछि अन्यत्र पनि त्यसको प्रभाव पर्ने छ। 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्