सोसल मिडिया
युनिकोड
शिक्षक-कर्मचारीको पेसागत माग सम्बोधन गर्न ओली सरकार सकारात्मक देखिएको छ। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेललाई १६ बुँदे ध्यानाकर्षणपत्र बुझाएपछि ओली सरकारको कानमा बतास लागेको छ। ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले शिक्षक-कर्मचारीका माग पूरा गर्न आफू सकारात्मक रहेको बताएका थिए।
अर्थमन्त्री पौडेलले शिक्षक-कर्मचारीका मागका विषयमा प्रधानमन्त्री केपी ओलीलाई ब्रिफिंग गरेका छन्। प्रधानमन्त्री ओलीले समेत माग पूरा गराउन अर्थमन्त्रीलाई निर्देशन दिएको ओली निकट श्रोतको भनाई छ।
महासंघले शिक्षक कर्मचारीको तलबभत्ता मासिक भुक्तानी हुने व्यवस्था, सबै शिक्षकका लागि प्राविधिक ग्रेडको व्यवस्था, शिक्षा मन्त्रालयमा मन्त्रीस्तरीय निर्णयबाट जारी गरिएको शिक्षक सरुवासम्बन्धी निर्देशिका खारेज, शिक्षामा कम्तीमा कुल बजेटको २० प्रतिशत लगानी गर्ने प्रबन्ध गर्न अर्थमन्त्री पाैडेलकाे ध्यानाकर्षण गराएकाे हो ।
त्यसैगरी स्थायी, राहत, साविक उच्चमावि, करार, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, बालविकास, संस्थागत विद्यालयका शिक्षकलगायत सबै खालका शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान गर्न सरकार र शिक्षक महासंघबीच विगतमा भएका सहमति सम्बोधन हुने गरी अविलम्ब विद्यालय शिक्षा ऐन जारी गर्न माग गरिएकाे छ। शिक्षा ऐन चांडै पारित गर्ने विषयमा समेत प्रधानमन्त्री ओलीले शिक्षा मन्त्री विद्या भट्टराइलाई निर्देशन दिएको बुझिएको छ।
यस्ता छन् माग