सोसल मिडिया
युनिकोड
संविधान संशोधनको कुरा सुन्ना साथ प्रतिगमनकारी एजेण्डा बोकेर हिँडेकाहरु बटारिने गरेको आरोप लगाएका छन्।
आज एमाले मूख्यालय च्यासलमा उपाध्यक्ष गुरु बरालसहित मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ कार्यक्रममा ओलीले त्यस्तो आरोप लगाएका हुन्। एमाले अध्यक्षसमेत रहेका ओलीले देशको अग्रगतिका लागि संविधान संशोधन गर्न लागिएको र त्यसैका लागि कांग्रेससँग मिलेको जिकिर गरे । ओलीले संविधान संशोधन गर्नेहुन्न भन्नेहरु लोकतन्त्रको विरोधी रहेको बताए ।
“देशको अग्रगति, समाजको विकास, जनताको प्रगतिका लागि संविधान संशोधन हुन्छ,” प्रधानमन्त्री ओलीले भने, “संविधान भनेको परिमार्जित हुँदै, संशोधित हुँदै जाने दस्ताबेज हो ।” उनले त्यसकै लागि नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेको जिकिर गरे । “तर, प्रतिगमनकारी एजेन्डा बोकेर हिँडेकाहरूले विरोध गरिरहेका छन्,”उनले भने ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रति ओली उग्र देखिन थालेका छन्।