कांग्रेस-एमालेको पिरती कहिले सम्म ? निधिले सुनाए खास कुरो 

आइतबार, साउन २०, २०८१

नेपाली कांग्रेसका सांसद तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले कांग्रेस–एमाले गठबन्धन सहमति भएअनुसार नै अघि बढ्ने र अहिले नै नटुट्ने दाबी गरेका छन् । गृहजिल्ला धनुषा पुगेका निधिले वर्तमान सत्ता गठबन्धन मुलुकमा राजनीतिक स्थायित्व दिनको लागि बनेको स्पष्ट पारे ।

निधिले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले संसद्मै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएकोले पनि वर्तमान गठबन्धन टिकाउ हुने दाबी गरे । उनले वर्तमान सरकारले मुलुकलाई राजनीतिक स्थायित्व दिँदै समृद्धिको यात्रामा अघि बढाउने विश्वास दिलाए ।

यस्तै, उनी आजै सिराहामा पुगी हाली निधन भएका शास्त्रीय संगितका संगितकार गुरुदेव कामतको घर पुगेर परिवारजनलाई समेवदना प्रकट गरेका छन् । सो क्रममा उनले कामतले उपचार नपाएर मृत्युवरण गर्नुपरेकोलाई देशकै लागि लज्जास्पद घट्ना भएको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्