परराष्ट्र सचिव सेवा लम्साल शनिवार फर्किने गरि भोलि ओमान जाने

आइतबार, साउन २०, २०८१

परराष्ट्र सचिव सेवा लम्साल साउन २१ गते ओमान जाने भएकी छिन्। 

नेपाल र ओमानबीच पहिलो पटक सुरु हुन लागेको द्वीपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिन उनी नेपाली टोलीको नेतृत्व गर्दै त्यहाँ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उक्त बैठक ओमानको राजधानी मस्कटमा बिहीबार आयोजना हुनेछ। ओमानमा रहँदा सचिव लम्सालले द्वीपक्षीय भेटघाट गर्ने र कार्यक्रममा सहभागीता जनाउने समेत तालिका रहेको छ। उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शनिबार नेपाल फर्किनेछ। 

सन् २०१७ मा द्वीपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सहमति दुई देशबीच भएको थियो।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्