रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा प्रधानमन्त्री ओली सहभागी

आइतबार, साउन २०, २०८१

ललितपुरको जावलाखेलमा राखिएको रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका छन्।

उनी केहीबेरअघि त्यहाँ पुगेको उनको सचिवालयले जनाएको छ। आज वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ।

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ।

यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ। 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्