सोसल मिडिया
युनिकोड
अवसरले बर्को ओढाउन थालेपछि उत्पातै हुन्छ भन्ने चाँही संखुवासभाका दीपक खड्कालाई हेरे मात्र पुग्छ। धेरै समय विदेशमै बिताएका खड्काले सक्रिय राजनीतिको केही वर्षकै लगानीमा अवसरको डेढी ब्याज असुल्न सफल भएका छन् ।
कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला निकट भएर सांसदको टिकट हत्याउने देखि निर्वाचन जितेर राज्यमन्त्री हत्याएका उनले अहिले अर्का कोइरालाको दौराको फेर समातेर मन्त्री नै पड्काउँन सफल भए। कांग्रेस सांसद समेत रहेका पूर्व महामन्त्री सशांक कोइरालाको कोटामा खड्का ऊर्जा,जलस्रोत तथा सिन्चाइमन्त्री बनेका छन्।
विवादित र व्यापारिक पृष्ठभूमिका मन्त्री खड्का राज्यमन्त्री भित्र्याएर अमेरिका हान्निएका छन्। कांग्रेसका सांसद पूर्णबहादुर तामांग राज्यमन्त्री बनेको तेश्रो दिन उनैलाई मन्त्रालय जिम्मा लगाएर खड्का किन अमेरिका गए त्यो भने खुलेको छैन। कान्छाराम भनेर चिनिने ठेकेदारलाई अहिले उर्जा मन्त्रालय जिम्मा लगाईएको छ।
खड्का आज बिहान सवा २ बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा दोहा हुँदै अमेरिका तर्फ प्रस्थान गरेको मन्त्रालय स्रोतले बताएको छ । मन्त्री आगामी भदौ १३ गते अपरान्ह पौने ५ बजे सोही एअरलाइन्सको उडान नम्बर क्युआर ६४६ मा काठमाडौं फर्कने कुरा छ । तर,त्यत्तिका दिनसम्म मन्त्री अमेरिका बस्नुपर्ने कारण खुलाइएको छैन ।
अमेरिका उड्नुअघि खड्काले गत शुक्रबारको मितिमा नेपाल विद्युत प्राधिकरणका दुईजना बोर्ड सदस्यलाई हिजो बर्खास्त गरेका छन् । सोही मितिमा अर्का दुई जनालाई नियुक्ति दिइसकिएको छ । तारे होटल र हाईड्रो मालिक खड्का मन्त्री भए लगत्तै लामो समयका लागि अमेरिका जानुलाई अर्थपूर्ण रूपमा लिईएको छ।