कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पाए विश्वासको मत

सोमबार, साउन २१, २०८१

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्।

सोमबार बसेकाे प्रदेश सभाकाे बैठकमा मुख्यमन्त्री कँडेलकाे पक्षमा नेकपा एमालेका नाै र नेपाली कांग्रेसका १४ गरी २३ जना सांसदले मत दिएका छन्।

प्रस्तावकाे विपक्षमा नेकपा (माओवादी) केन्द्रका १३ र नेकपा (एकीकृत समाजवादी) का एक गरी १४ जना सांसदले मत दिएका थिए।  ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि २१ सिट चाहिन्छ ।

मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन्।

साउन ७ गते सत्ता साझेदार दल माओवादीले समर्थन फिर्ता लिएपछि उनले फेरि विश्वासको मत लिएका हुन्।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्