ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

मंगलबार, साउन २२, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।  प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबारमा आज बेलुका ५  बजे बैठक बोलाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। 

बैठकमा केही नियुक्ति र मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ठूलो संख्यामा सहसचिवको सरुवा समेत हुने बुझिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्