नबिल बैंकले कसरी कमायो सबै भन्दा धेरै नाफा ?

मंगलबार, साउन २२, २०८१

गत आर्थिक वर्ष २०८०–८१ मा रकमको आधारमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिल बैंकको नाफा सबैभन्दा धेरै ७ अर्ब ६ करोड रूपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष २०७९–८० को सोही अवधिको तुलनामा यो ९.३४ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ४० करोड नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी घटे पनि प्रावधानमा राखिने रकम पनि उच्चले घटेपछि नाफामा वृद्धि भएको हो। बैंकको खुद ब्याज आम्दानी ८.६८ प्रतिशतले घटेर १६ अर्ब २० करोड रूपैयाँमा सीमित भएको छ।

यस्तै, यसअघि ५ अर्ब ४२ करोड रूपैयाँ प्रावधानमा राखेकोमा यसपटक ३ अर्ब २२ करोड राखेको छ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्