शिक्षक सेवा आयोगले विज्ञापन गर्दै, कुन तहमा कति शिक्षकको खाँचो ? (सूचना सहित)

मंगलबार, साउन २२, २०८१

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तीनै तहका शिक्षकको रिक्त दरबन्दी विवरण सार्वजनिक गरेको छ। शिक्षक सेवा आयोगबाट हुने विज्ञापनका लागि रिक्त दरबन्दी विवरण सोमबार सार्वजनिक गरेको बुझिएको छ। 

सार्वजनिक गरिएको विवरणअनुसार प्राथमिक तहमा एक हजार ९१६ शिक्षकको दरबन्दी रिक्त छ। निमावि ४४४ र माविको ३०२ वटा दरबन्दी रिक्त रहेको छ। साथै केन्द्रले बढुवाका लागि रहेको रिक्त दरबन्दी पनि सार्वजनिक गरेको छ। रिक्त दरबन्दी परिपुर्तीका लागि आयोगले चांडै विज्ञापन गर्दैछ। 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्