सहकारी ठगको सूचीमा रवि लामिछानेको पनि अट्यो नाम, समितिले बयान लिने

मंगलबार, साउन २२, २०८१

सहकारी संस्थाको बचत रकम अपचलन दुरूपयोग सम्बन्धमा छानविन गर्न गठित संसदीय विशेष समितिले सोधपुछका लागि केही व्यक्तिहरुको लिस्ट तयार पारेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित २६ जना रहेको बताईको छ ।

संसदीय विशेष समितिले यसअघि विज्ञ, सरोकारवाला, समितिको कार्यादेशमा समावेश भएको सहकारीका बचतकर्ताहरुसँग छलफल र आवश्यक प्रमाण संकलन गरिसकेको छ ।

अब समितिले ती सहकारी ठगीको आरोप लागेर थुनामा रहेका र थुनाबाहिरै रहेकाहरुसँग सोधपुछ गर्न लागेको बताइएको छ । उनीहरुलाई प्रहरी अनुसन्धान जसरी नभएर वास्तविक तथ्य पत्ता लगाउनका लागि सोधपुछ गर्न लागिएको बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्