गर्मी बढेपछि सीजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान

मंगलबार, वैशाख १८, २०८१

नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गत सीजी ब्रान्डले बढ्दो गर्मीयामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ फ्यान पहिलोपटक बजारमा ल्याएको छ ।

‘स्टे कुल, सेभ इनर्जी सुइच टू बीएलडीसी फ्यान टुडे’ नारासहित सीजीले नयाँ डिजाइनको फ्यान ल्याएको हो । बजारमा आएको यो सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत् बचत गर्ने बताइएको छ ।

सिलिङ फ्यान ११० देखि २८० बीचको भोल्टमा पनि तीव्र गतिमै घुम्ने कम्पनीको भनाइ छ ।  

रिमोटको सुविधायुक्त यो सिलिङ फ्यानमा कम्पनीले मोटर र पीसीबीएमा दुई वर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक चारवटा कलरमा बजारमा उपलब्ध रहेको पनि बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्