सोसल मिडिया
युनिकोड
आज बसेको क्याबिनेटले दुई सचिवको सरुवा गरेको छ।
मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमको सरुवा गरेको हो।
सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको हो।
सापकोटा यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा थिए। प्रधानमन्त्री कार्यालयकी कानुन सचिव लीलादेवी गड्तौला मुख्यसचिव भएपछि रिक्त रहेको सो स्थानमा गौतमलाई लगिएको हो।
न्याय सेवा आयोगले दुईजना सहसचिवको सचिवमा बढुवाका लागि सिफारिस गरेको छ।
यस्तै रक्षा मन्त्रालयका सहसचिव आलोकचन्द्र श्रेष्ठ र नेपाल कानुन आयोगका सहसचिव पाराश्वर ढुंगाना सचिवमा बढुवा भएका छन्।
श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा र ढुंगानालाई कानुन आयोगको सचिव पदमा पदस्थापन पनि गरिएको छ।