सोसल मिडिया
युनिकोड
नेकपा (एमाले) ले प्रदेश अध्यक्षहरुको हैसियत घटुवा गरेर पदेन केन्द्रीय सदस्यमा सीमित गरेको छ। यसअघि एमाले प्रदेश अध्यक्षहरु पोलिटव्युरो सदस्य सरहको हैसियतमा थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशिका–१० (अपानि) मा प्रदेश अध्यक्षहरुको हैसियत घटुवा गरिएको छ।
त्यस्तै, एमालेले अब मिसन-८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिधिको कामलाई योजनाबद्ध रूपमा अधि बढाउन अपानिमार्फत भनेको छ।
राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने संकल्प गरेको उल्लेख गर्दै पार्टीको समग्र कामलाई पनि सोही उद्देश्यअनुरूप अघि बढाउन भनिएको छ।
साथै, अपानिमा सरकार गठन र सञ्चालनका सन्दर्भमा एमाले र कांग्रेसबीच भएको सहमतिलाई समेत उल्लेख गरिएको छ।