सोसल मिडिया
युनिकोड
गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा बुधबार बिहान गृहमन्त्री लेखकसँग राजदूत प्रिन्जले शिष्टाचार भेटवर्ता गरेका हुन्।
भेटवार्तामा उनीहरूबीच नेपाल र जर्मनीको आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको थियो। गृहमन्त्री लेखकले जर्मनीले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग रहने विश्वास व्यक्त गरे।