ओलीको सत्तोसराप गरेका प्रचण्डले किन गरे आज तिनै ओलीको तारिफ ?

बुधबार, साउन २३, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले जुटाएको सहमतिलाई नयाँ सरकार गठनपछिको राम्रो काम भनेका छन् ।

कार्यदलको प्रतिवेदन बुधबार सिंहदरबारमा बुझ्ने क्रममा दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । कार्यदलको प्रतिवेदनका आधारमा टीआरसीसम्बन्धी विधेयक संसद्बाट पारित भएर शान्ति प्रक्रियाका बाँकी काम सकिने पनि उनले बताए ।

‘यसमा विगतदेखि नै सहमितको प्रयास गरिएको थियो’, उनले भने, ‘कार्यदलले जुटाएको सहमति नयाँ सरकार बनेपछिको एउटा राम्रो कामका रुपमा मैले लिएको छु ।’

प्रतिवेदनलाई संसद्‍को वैधानिक प्रक्रियाबाट टुङ्गो लगाई नेपालीमाझ शान्ति, स्थायित्व र विकासका सन्देश दिनु पर्ने पनि उनले बताएका छन् ।

उता नेपाली कांग्रेसका सभापति देउवाले कार्यदलले नेपालीले आफ्नो विवाद आफैँले समाधान गर्न सक्छन् भन्ने युनिक सन्देश दिइ विश्वलाई अनुकरणीय उदाहरण दिएको बताए ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्