भारतलाई पनि शेख हसिना घाँडो, अमेरिकाले भिसा रद्द गरेपछि बढ्यो अन्योल 

बुधबार, साउन २३, २०८१

बंगलादेशबाट बाहिरिएकी पूर्वप्रधानमन्त्री शेख हसिना बाजेदको अन्तिम गन्तव्य कता हो भन्ने अझै टुंगो नलागेको बताइएको छ । अमेरिकाले उनको भिसा रद्द गरेको छ भने बेलायतले पनि उनलाई शरण दिन नखोजेको स्रोतहरूले बताएको भारतको हिन्दु दैनिकले जनाएको छ । 

उनका नजिकका नातेदार बस्ने गरेको अमेरिका, बेलायत, फिनल्यान्ड र भारतभन्दा पनि अब यूएई वा साउदी अरेबियाको विकल्पबारेमा छलफल गर्न थालिएको बताइएको छ ।

सोमबार ढाकाबाट भारत गएकी उनी अहिले बहिनी शेख रेहनासँग भारतको ‘सेफ हाउस’मा बस्दै आएकी छन् । उनी लामो समयसम्म भारतमा बस्दा बंगलादेशसँगको सम्बन्धमा असर गर्न सक्ने भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वकोे सरकार चिन्तित रहेको बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्