विमानस्थलबाट ६ किलो कोकिनसहित १ विदेशी नागरिक समातिए

बुधबार, साउन २३, २०८१

लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित १ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स रहेका लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

उनले भने, ‘दोहाबाट कतार एयरवेजमार्फत काठमाण्डु आएका भाल्टर्सलाई हाम्रो टोलीले बुधबार ६ किलो कोकिनसहित पक्राउ गरेको हो, उक्त विषयमा अहिले थप अनुसन्धान कार्य भइरहेको छ ।’

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्