सोसल मिडिया
युनिकोड
फराकिलो अन्तरले ईलाम-२ मा कांग्रेस हारेपछि पार्टीभित्र खैलाबैला मच्चिएको मात्र छैन एकले अर्कालाई धारेहात लगाउने क्रम सुरु भएको छ। नेपाली कांग्रेसका इलाम जिल्ला सभापति समेत रहेका डम्बर खड्काले चुनाव हारसँगै कांग्रेस भित्र खैलाबैला सुरु भएको हो।
टिकटका लागि रस्साकसी भएको लफडाको परावर्तन मतमा गैर टुंगिएपछि कांग्रेसभित्र आन्तरिक द्वन्द्व बढेको छ। कांग्रेसको संस्थापन पक्षले भने पार्टी भित्रको आदीवासी जनजातीको भोट एकलौटी रूपमै पहिचानबादी उमेद्वार डेकेन्द्र थेगिमलाई गएको अन्दाज गरेको छ । तर, खड्का लाई कांग्रेसकै असहयोग भएको भने मत परिमाणले नै देखाएको छ।
थेगिमको मुढाले ११ हजार ४ सय ५७ मत ल्याएपछि डम्बर हार्नुको गुदी खोज्नमा कांग्रेस लागेको छ। कांग्रेसको पराजयलाई इतर समूहले भने कार्यकताको चाहना विपरित उमेद्वार उठाएको भन्दै नेतृत्वको कमजोरीलाई कारक मानेको छ । हुन पनि त्यहाँ डम्बरलाई रोक्न सुरुदेखि नै एउटा समूह ज्यान फालेर लागेको छ। त्यो समूहले आफ्नो पाईन डम्बर हराएरै देखाईसकेको छ।
महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाले भेषराज आचार्यलाई उमेद्वार बनाउन अन्तिम समयसम्म पनि बल गरेको थिए । त्यसको प्रभाव अहिले देखिएको एकाथरी कांग्रेसीको विश्लेषण छ। जे हुनु थियो त्यहि भएको मात्र हो पहिले देखिएन अहिले देखियो एक कांग्रेस नेताले भने।
नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष समेत रहेका खड्काको दोश्रो पराजयले उनलाई झन् तनाब दिएको छ। २०७९ को निर्वाचनमा कांग्रेसका खड्का नेकपा (एमाले)का उपाध्यक्ष स्वर्गिय सुवासचन्द्र नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित भएका थिए । तर अहिले छोरा संग झन् नमिठो गरि हार्न पुगेका छन्। सुहाङले २७ हजार ७७२ मत ल्याए भने दोस्रो स्थानका खड्काले २१ हजार ९४२ मत पाए । मतान्तर बढेर ५ हजार ८३० मत पुगेको छ । अघिल्लो मत र अहिलेको मतले खड्कालाई दिएको चक्माको कांग्रेसले कसरी पुराताल गर्छ त्यो भने आगामी दिनले नै बताउला।