सोसल मिडिया
युनिकोड
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। यतिबेला (बिहीबार बिहान) कोसी, मधेस र बागमती प्रदेशको मौसम साधारणदेखि पूर्णतया बदली छ भने बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ।
अहिले कोसी र बागमती प्रदेशका थोरै तथा गण्डकी, लुम्बिनी कर्णाली र सुदूर पश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभरको मौसम साधारणतया बदली रहने छ।
कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले बिहीबार बिहान सात बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।