स्थानीय तहमा कार्यरत करारका कर्मचारीको काटिएको महंगी भत्ता ओलीले थपेर दिने 

बिहीबार, साउन २४, २०८१

स्थानीय तहमा कार्यरत करारका कर्मचारीको महंगी भत्ता कटौती भएपछि उपत्यका मेयर फोरमले प्रधानमन्त्री केपी ओलीको कान फुकेको छ। 

प्रधानमन्त्रीलाई भेट्न वुधवार सिंहदरवार पुगेको मेयर्स फोरममा पदाधिकारीले स्थानीय तहमा कार्यरत करारका कर्मचारीलाई दिइदै आएको मासिक २ हजार रुपैयाँ नियमित गर्न भनेको हो ।  अर्थ मन्त्रालयले चालु आर्थिक वर्षबाट करारका कर्मचारीलाई दिइदै आएको मासिक २ हजार रुपैयाँ भत्ता कटौती गरेको थियो । 

अर्थ मन्त्रालयको यो निर्णयले तल्लो तहमा कार्यरत कर्मचारीलाई मर्का परेको भन्दै निर्णय फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह गरेको फोरमका अध्यक्ष चिरिबाबु महर्जनले जानकारी दिए । 

उनका अनुसार हाकिमले महंगी भत्ता पाउने तर उनका सहयोगीको कटौती हुने कार्यले कार्यसम्पादनमा गम्भीर असर पर्ने भन्दै अर्थ मन्त्रालयको बजेट कटौती गर्ने निर्णय फिर्ता लिन भनिएको हो । प्रधानमन्त्रीले त्यसमा थपेर दिने ब्यबस्था मिलाउन निर्देशन दिने बुझिएको छ। 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्