लगातार घटेको सुनको भाउ आज बढ्यो, तोलाको कति पुग्यो ?

बिहीबार, साउन २४, २०८१

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

विहीबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ४६ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय पुगेको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। चाँदी आज प्रतितोला १२ रुपैयाँ घटेर १६९० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्