मन्त्रीको मर्यादाक्रम तलमाथि, बद्रीको गुनासोपछि प्रदीपलाई धकेलियो

बिहीबार, साउन २४, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सदस्यको मर्यादाक्रम हेरफेर गरेका छन्। हेरफेरपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको वरीयताक्रम घटेको छ। 

मन्त्री पौडेल यसअघि मन्त्रिपरिषद्को १४औँ वरीयताक्रममा थिए । हेरफेरअनुसार उनको वरीयताक्रम १६औँ कायम गरिएको छ ।

हाल १४औँ वरीयताक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई राखिएको छ । मन्त्री पाण्डे यसअघि १६औँ वरीयताक्रममा थिए । मन्त्रीद्वय पौडेल र पाण्डेको मात्र वरीयताक्रम हेरफेर गरिएको छ । अरू मन्त्रीको वरीयताक्रम यथावत् छ ।

मन्त्री पाण्डे नेपाली कांग्रेसका सहमहामन्त्री हुन् । मन्त्री पौडेल कांग्रेस केन्द्रीय सदस्य हुन् । उनी महामन्त्रीमा पराजित भएका थिए।  शेखर कोइरालाको आग्रहमा हेरफेर गरिएको श्रोतको भनाई छ। 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्