ग्राहकलाई आफ्नो खातामा प्यान अद्यावधिक गर्न आग्रह एनआइसी एसियाको आग्रह

बिहीबार, साउन २४, २०८१

एनआइसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । 

बैंकले एक विज्ञप्ति जारी गर्दै ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले आफ्नो प्यान यथा शीघ्र अद्यावधिक गर्नसक्ने जनाएको छ । 

बैंकका अनुसार बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिनेछ। बैंकले भनेको छ, ‘ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।’PR_on_PAN_Update_Request_to_Customers_-_7th_August_2024_page-0001_UzJXVQYOZ9-1723114384.jpg

 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्