सोसल मिडिया
युनिकोड
सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको पद खारेज गरेपछि त्यो पदका मठाधिश शंकर वैरागी तत्काललाई थन्किएका छन् । अस्ति साँझ बसेको क्याबिनेट बैठकले ‘राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८०’ खारेज गर्ने निर्णय गरेपछि वैरागीलाई घर बस्ने अवसर मिलेको हो ।
निर्देशिका खारेजसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार पद पनि स्वतः खारेजीमा परेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० जेठमा सिर्जना गरेको राष्ट्रिय सुरक्षा सल्लाहकारको पदमा बैरागीलाई नियुक्त गरेको थियो ।
मुख्य सचिवबाट अवकाश पाउनै लागेका बखत उनलाई राजीनामा गराएर उक्त पदमा नियुक्त गरिएको थियो । बैरागी उक्त पदमा नियुक्त हुने पहिलो व्यक्ति बनेका थिए। राजदूत हुन खुब दौडिएपनि उनका लागि कोही दहिना वनिदिएनन् । केही शीप नचलेपछि शंकर बत्तिसपुतली स्थित राममन्दिर छेउकै घरमा आराम गरेर दिन कटाई रहेका छन् ।