बढ्यो आज सुनको भाउ, तोलाको कति छ ?

शुक्रबार, साउन २५, २०८१

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ७३० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्