न्याय परिषद्को रोजाईमा परेका यी हुन् ३५ जना जिल्ला न्यायाधीश

शुक्रबार, साउन २५, २०८१

आज शुक्रबार बसेको न्याय परिषद्को बैठकले ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

बैठक न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको थियो। बैठकमा कानुनमन्त्री अजय चौरसिया, सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत र सदस्यद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सहभागी थिए।

न्याय, सरकारी वकिल र कानुन समूहबाट वरीयता, योग्यता र समावेशिताका आधारमा न्यायाधीश छनोट गरिएको परिषद्का एक सदस्यले जानकारी दिए।

बैठकले उच्च अदालत, जनकपुरअन्तर्गत वीरगन्ज इजलासका न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ।

न्याय परिषद्को सिफारिसअनुसार बागचन्द र सबै जिल्ला न्यायाधीशको नियुक्ति प्रधानन्यायाधीशले गर्नेछन्। यस्तै बैठकले २१ जना जिल्ला न्यायाधीशको सरूवा पनि गरेको छ।

बैठकले राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा न्यायाधीश राजनप्रसाद भट्टराईको सट्टामा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय पनि परिषद्ले गरेको छ।


जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस भएकाहरूको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्