स्वरुपराज आचार्य अस्पतालको छतबाट हामफाले,ज्यान गुमाए

शनिबार, साउन २६, २०८१

काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम फालेका एक युवकको शनिबार मृत्यु भएको छ ।

अस्पतालको छैटौँ तलास्थित एस क्याफेको स्थानबाट हाम फालेका गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको मृत्यु भएको प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।

महाराजगन्जका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले उनी क्याफेमा कफी पिएर बसेका र केही बेरमा हाम फालेका पाइएको जानकारी दिए । उनी त्यहाँ बेलाबेलामा कफी पिउन आउने गरेका पनि बताइएको छ ।

घटना दिउँसो ३ः०० बजेतिर भएको थियो । घटनामा उनी गम्भीर घाइते भएका थिए । सोही अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी अस्पतालमा बिरामी वा बिरामीका आफन्त समेत नभएको पाइएको छ । 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्