विशेष अदालत बार एसोसियसनमा एमाले वकिलको वर्चस्व, माओवादीको बिउ मात्रै

शनिबार, साउन २६, २०८१

विशेष अदालत बार एसोसियसनको अध्यक्षमा एमाले निकट पीपीएलएको प्यानलै निर्वाचित भएको छ । टीकाबहादुर कुँवर अध्यक्ष रहेको पीपीएलएको प्यानल निर्वाचित भएको हो । कुँवर अध्यक्ष पदमा निर्विरोध भएपनि अन्य पदमा निर्वाचन भएको थियो। 

उपाध्यक्षमा शशिनाथ मरासिनीले २५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी पवित्रा राउतले १५ मतमात्रै ल्याइन् । त्यस्तै,सचिवमा २६ मत ल्याएर युवराज बञ्जाडे विजयी भए । उनका प्रतिस्पर्धी मनीषा बस्नेतले १४ मतमा चित्त बुझाउनु पर्यो। 

सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे र महिला सदस्यमा मौसम राई निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरूमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा र बोलाराम पाण्डे विजयी भएका छन् । सन्तोष कोइराला चाँही माओवादी निकट कानून ब्यबसायी हुन्। कांग्रेस निल हुँदा माओवादीले चाँही बिउ सम्म जोगाएको चर्चा छ। विशेष अदालत बारमा निर्वाचित भएकाहरू काविल कानून ब्यबसायी भएकाले ओज थप बढेको कानून ब्यबसायीको तर्क छ।bar-bises-1723303677.webp

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  २१:१४
प्रतिक्रिया दिनुहोस्