भारतीय विदेश सचिव आजै नेपाल ओर्लने, के-के गरेर जान्छन् ?

आइतबार, साउन २७, २०८१

भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल उत्रदै छन्। परराष्ट्रसचिव सेवा लम्सालको निम्तो मान्न  भारतीय विदेश सचिव मिश्री आज काठमाडौँ आउने भएका हुन्। 

विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुक भ्रमण गर्ने परम्पराअनुसार भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेका हुन्। मिश्री यही असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका हुन्। 

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा कुराकानी गर्ने कार्यक्रम छ।

विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ। उनी सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्