पेरिस डाँडामा आज पनि माओवादी सपार्ने कुरा गरिदैं

आइतबार, साउन २७, २०८१

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ। बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ।

बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुनेछ ।

बैठकमा नेताहरूले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्