बढ्यो आज सुनको भाउ, तोलाको कति पुग्यो ?

आइतबार, साउन २७, २०८१

आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ। आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अस्ति शुक्रवार सुन तोलाको एक लाख ४८ हजार एक सय रुपैयाँ रहेको थियो।आज चाँदीको भाउ भने घटेको छ।

चाँदी आज तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाउ तोलाको एक हजार सात सय ३० रुपैयाँ रहेको थियो।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्