सोसल मिडिया
युनिकोड
कर्णाली प्रदेश सरकारले बल्ल आकार लिएको छ र पूर्णता पाएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मंगलबार मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्दै पूर्णता दिएका हुन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीमा रूकुमपश्चिका महेन्द्र केसी, भूमि व्यवस्था, कृषि सहकारी मन्त्रीमा दैलेखका विनोद शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कालिकोटका दुर्गबहादुर रावत नियुक्त भएका छन् ।
यस्तै, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा डोल्पाका शेरबहादुर बुढा, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा हुम्लाका रनसिंह परियार, सामाजिक विकास मन्त्रीमा डोल्पाका वीरबहादुर शाही र भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा मन्त्रीमा दैलेखका गौमता विक नियुक्त भएका हुन् ।
उनीहरूले शपथ पनि लिइसकेका छन् । प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।
यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शाहले भने शपथ ग्रहण बहिष्कार गरेका छन् । उनले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री नदिएको भन्दै शपथ ग्रहण बहिस्कार गरेका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्री भने मुख्यमन्त्री कँडेल आफैले राखेका छन् ।