प्रधानमन्त्रीको पार्टीका बहालवाला सांसदलाई पुलिसले जुवाखालबाटै कर्याप्पै पार्यो

आइतबार, साउन २७, २०८१

नेकपा एमालेका पूर्वमन्त्रीसहित ११ जना जुवाडे पक्राउ परेका छन् । गौरीघाटबाट कोशी प्रदेशका एमालेका पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारीसहित ११ जनालाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन् ।

प्रहरीले जुवा खालबाट १ लाख नगद बरामद गरेको छ । शनिबार पक्राउ गरेर प्रहरीले उनीहरूको बयान लिइसकेको छ । आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइने जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्